कर्णाली प्रदेश सरकारको ०८०/०८१ को बजेट बहुमतले पारित

आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि कर्णाली प्रदेश सरकारले ल्याएको बजेट पारित भएको छ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट मंगलबार बसेको प्रदेशसभाको २५ औं बैठकले बहुमतले पारित गरेको हो ।

असार १ गते संसद बैठकमा अर्थमन्त्री बेदराज सिंहले आगामी आर्थिक वर्षका लागि ३३ करोड ७० लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । बजेट विनियोजनमा चालु खर्चका लागि ९,०२०,२४०,००० रुपैयाँ (२६.९७ प्रतिशत), पुँजीगत लगानीका लागि १९,५७२,४३०,००० रुपैयाँ (५८.६५ प्रतिशत) र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४० लाख ४० हजार रुपैयाँ (१४.३८ प्रतिशत) विनियोजन गरिएको छ ।