क्रान्तिकारी स्ववियु काउन्सिलकाे कर्णाली प्रदेश संयाेजकमा कालिकोटका सिंह चयन

काठमाडौं । क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ । काठमाडौमा सम्पन्न भेलाले रेशमलाल श्रेष्ठको संयोजकत्वमा ५७ सदस्यीय राष्ट्रिय काउन्सिल निर्माण गरेको छ ।

काउन्सिलको कर्णाली प्रदेश संयोजकमा कालिकोट जिल्लाकाे सदरमुकाम मान्ममा रहेको तिला कर्णाली बहुमुखी क्याम्पसका स्ववियु सभापति हिक्मत सिंह चयन हुनुभएको छ । त्यसैगरी राष्ट्रिय काउन्सिलकाे सह संयाेजकमा रुकुम पश्चिमको चौरजहारीमा रहेको शितल क्याम्पसका स्ववियु सभापति निराजन केसी चयन हुनुभएको छ भने सचिवमा छोस्याङ स्याङतन तामाङ चयन हुनुभएको अखिल क्रान्तिकारी मध्यपश्चिम बिश्वबिद्धालय राष्ट्रिय समितिका प्रमुख सचिव दिपेन्द्रजंग शाहीले जानकारी दिनुभयो ।

काउन्सिलले एक बिशेष र सात भौगोलिक प्रदेशमा संयोजक चयन गरेको अखिल क्रान्तिकारी कर्णाली प्रदेशका सदस्य लाेकेश पाेख्रेलले जानकारि दिनुभएकाे छ ।