कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । सत्ता गठबन्धनका दल नेपाली कांग्रेस (२९), नेकपा (माओवादी केन्द्र) (१३ सभामुखसहित), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन् ।

झापा अर्जुनधारा नगरपालिकाको शनिश्चरेका उद्धव थापा प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद बनेका थिए। उनी अहिले नेपाली कांग्रेसको कोशी प्रदेश सभापतिसमेत छन्।

मुख्यमन्त्रीमा दाबी पेश गर्नेबेलामा दलका नेताहरुले हस्ताक्षर गरे पुग्ने भए पनि विश्वासको मत लिने बेलामा भने सभामुखको भूमिका के हुने भन्ने अन्योल छ ।