
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो बैठक अघि बढ्न सक्दैन,’ सांसद पन्तले भने। सभामुख देवराज घिमिरेले भने आकस्मिक समयमा अन्य सांसदहरूलाई बोल्न समय दिएका छन् । एमालेका सांसदहरूले उठेर विरोध गरिरहेका छन् ।
प्रतिपक्षी दल राप्रपाले पनि प्रतिनिधि सभा बैठकमा विरोध गरेको छ।
