नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन भदौ २९ र ३० गते हुने

नेकपा एमाले कर्णाली प्रदेशले प्रथम अधिवेशन आगामी भदौ २९ र ३० गते गर्ने भएको छ । आज सोमबार बसेको एमाले प्रदेश कमिटीको पाँचौ पूर्ण बैठकले अधिवेशन भदौमा गर्ने निर्णय गरेको हो ।

प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले प्रदेशको प्रथम अधिवेशन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने बताएका छन् ।

बैठकमा प्रदेश कमिटी अध्यक्ष शाहले बैठकमा राजनीतिक सांगठनिक प्रतिवेदन २०८० र प्रदेशका १० वटै जिल्लाका जिल्ला कमिटी अध्यक्षले जिल्लागत विवरण प्रस्तुत गरेका थिए।उनका अनुसार प्रदेशको इन्जार्च तोकिएका सचिव लेखराज भट्टलाई स्वागत तथा पूर्वइन्चार्ज स्थायी कमिटी सदस्य यामलाल कँडेललाई बिदाई गरिएको छ ।