दैलेखमा वडा कमिटी विस्तार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टिले दैलेखमा वडा कमिटी विस्तार प्रकृया अगाडि बढाएको छ । सुरुवाती चरणमा दैलेखको दुल्लु नगरालिकामा राष्ट्रिय स्वतन्त्र पार्टिले वडा कमिटीहरु विस्तार गर्न थालेको हो ।
कर्णाली प्रदेश रास्वपा कोषाध्यक्ष अविसरा सुवेदी, जिल्ला संयोजक बखत भण्डारी र क्षेत्र प्रतिनिधिको उपस्थितिमा दुल्लु नगरपालिका वडा नं ११ बाट वडा कमिटी गठन प्रक्रिया सुरु गरिएको छ ।

वडा नं ११ मा अमर बहादुर थापको नेतृत्वमा ९ सदस्यीय वडा कमिटी गठन गरेको क्षेत्र प्रतिनिधि प्रेम भण्डारीले लाइका खबर लाई जानकारी दिएका छन् ।

अब, क्रमश: दैलेख जिल्लाका ११ वटै नगरपालिका र गाउँपालिकामा संगठन विस्तार गरिने क्षेत्र प्रतिनिधि भण्डारीले बताएका छन् ।