
जेठ ७, काठमाडौं । नेकपा एमाले उपसचिव विष्णु रिमालले हर्क साम्पाङलाई “बहुला” भनेपछि साम्पाङले रिमाललाई “गुइँठे” भनेका छ्न् ।

रिमालले साम्पाङलाई ‘बौलाहा टाइपको’ संज्ञा दिएको एउटा भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा उनले पछिल्लो समय उदाएका तीन नेताहरूमाथि टिप्पणी गर्ने क्रममा “धरानको बौलाहा टाइपको मेयर छ ।” भनेका थिए ।
रिमालले उक्त भिडियोमा फेसबुकमा अत्यधिक लाइक आउने सन्दर्भमा काठमाडौंका मेयर बालेन्द्र साह, धरानका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम लिदैँ यस्तो बताएका छ्न् : हामीले के बुझाैं भने कमरेड केपी ओलीको फेसबुक पेजमा हरेक दिन ५० हजार भन्दा बढी लाइक आयो भने पार्टीले बढी ल्यायो । त्यहाँभन्दा बढी टाउको दुखाउनै पर्दैन । कान्तिपुरले के लेख्यौ हेर्नै पर्दैन । त हामी गरिनै राख्या छैनौँ, अर्काले गरिराख्या छ । काठमाडौँका मेयरले गर्छ, उसले खासखुस नचाहिने कुरा लेख्नासाथै ८०/९० हजारले लाइक गर्या देखिन्छ । धरानको बौलाहा टाइपको मेयर छ । काम त राम्रै गर्या होला । धरानबाहिर पपुलर छ धरानभित्र के छ थाहा छैन । उसकोमा ४०/५० हजारले लाइक गर्या देख्छु एक घण्टामा । त्यसपछि स्वतन्त्र पार्टीको सभापतिले राख्या देख्छु । उसको एक घण्टामा ३०/४० हजारले लाइक गर्या देख्छु । त्यही लयमा उनीहरूको गइराख्या हुन्छ । कहिलेकाहीँ लेख्न मन लागेन भने पनि तिनीहरूबाट पनि सिकौँ न । सूर्यको जय होस लेख्दिनुस् । सूर्यको चिन्ह हाल्दिनुस् । तपाईँ आइडेन्टीफाइ हुनुभयो । त्यति हुनासाथ हाम्रो परिवार एकै ठाउँमा देखिन्छ ।

समाजिक संजालमा अति सक्रिय धरानका मेयर साम्पाङले रिमाललाई जवाफ दिन किन चुक्थे । उनले पनि फेसबुकमा स्टाटस लेख्दै रिमाललाई ‘गुइँठे’ संज्ञा दिएका छन् । साम्पाङको स्टाटस भनें यस्तो छ, ‘विष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद म दिन्न । मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोडिदिन्छु ।’