सेतोपाटिले रास्वपाको पक्षमा समाचार बनाएको भन्दैं प्रेस काउन्सिलले सोध्यो स्पष्टीकरण

वैशाख ८, काठमाडौंं। प्रेस काउन्सिल नेपालले समाचार वेबसाइट सेतोपाटी डट कमलाई स्पष्टीकरण पेस गर्न बिज्ञप्ति जारी गरेको छ । विज्ञप्ती अनुसार सेतोपाटिमा वैशाख ४ र ६ गते प्रकाशित ‘उपेन्द्र यादवलाई बारामा पनि आच्छु आच्छु, कुशुवाहको अग्रता’, “तेस्रो स्थानको प्रतिसपर्धामा रमेश खरेल”, ‘तनहुँ–१ मा राम्रो मतान्तरसहित स्वर्णिम वाग्लेले जित्ने सम्भावना” र पहिले एमालेलाई मत दिएका आधा र कांग्रेसलाई भोट दिएका प्रतिशत मतदाता यसपाली स्वर्णिमतिर” शिर्षकको समाचार प्रकाशन गरिएको भन्दै सेतोपाटिलाई स्पस्टीकरण सोधिएको हो ।

प्रेस काउन्सिलले उक्त समाचारमा पत्रकार र सञ्चारमाध्यमका आचारसंहिता विपरित जाने विषयवस्तु भएको उल्लेख गरेको छ । जारी गरिएको विज्ञप्तीमामा मनोनयन दर्ता भएदएखि परिणाम घोषणा नहुँदा सम्म त्यस्तो सर्वेक्षणको तजिता घोषणा गर्न र प्रकाशन गर्न नमिल्ने, समाचारमा जनमत सर्वेक्षणमा प्रयोग गरिएको विधिको उल्लेख नगर्नु, तर्क र सर्वेक्षणको पृष्ठभूमि नहुनु, निर्वाचन आचारसंहिता, २००९ मा कुनै पनि राजनीतिक उम्मेदवार वा दलको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न निषेध गर्ने व्यवस्था भएको जस्ता आरोप लगाइएको छ ।

सेतोपाटि सम्पादकलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।