
बैशाख २, काठमाडौं । खानेपानि मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिँएको जसपा सत्तारुढ गठबन्धनबाटै बाहिरिँने भएको छ । हाल गठबन्धनमा सामेल नेपाली कांग्रेस, माओवादी लगायतका दलहरूले आफ्नो पाटिलाई धोका दिएको बुझेपछि गठबन्धनबाटै बाहिरिँन लागेको जनमत पाटिका नेताहरूले बताएका छ्न् ।

बैशाख १० गते हुने उप-निर्वाचनमा सत्ता गठबन्धनले जसपा का उमेदार उपेन्द्र यादवलाई सहयोग गर्ने औपचारिक निर्णयनै गरेपछि जनमतका उमेदारले सत्ता गठबन्धनबाट कुनै सहयोग नपाउने भएको हो ।
उप-निर्वाचनमा बारा २ बाट सत्तारुढ गठबन्धका २ जना उमेदार मैदानमा छ्न् ।

गठबन्धले यादवलाई जिताउन परिपत्रनै जारी गरेको छ । त्यसैले सिके राउत गठबन्धनसँग चिढिएका हुन् ।
गत चैतमा सम्पन्न उप-राष्ट्रपति निर्वाचनमा पनि गठबन्धनले असहयोग गरेको जनमत पाटिको आरोप छ ।