पार्टी एकता गर्दै वैद्य र बास्तोला, आज संयुक्त पत्रकार सम्मेलन गर्दै

लामो समय देखी नेपाली राजनीतिमा अर्धभुमिगत रुपमा संघर्ष गर्दै आई रहेका दुई पार्टी मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले एकता गर्ने तयारी गरिरहेको छ । पार्टी एकतालागि जानकारी दिन दुवै पार्टीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

बास्तोलाले नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए ।