
चैत्र १८, काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा.भीम रावलसँग संवाद गर्न र पार्टीमा बस्ने वा नबस्ने टुंगो लगाउँन तीन सदस्य टोली गठन गरेको छ ।

पार्टीको मिसन ग्रासरुट अभियानको सुदूरपश्चिम कमाण्डर रहेका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको वार्ता टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव गुरुङले पूर्व उपाध्यक्ष रावल दशौं महाधिवेशनपछि पार्टीको विधि विधानबाहिर रहेर पार्टीको गतिविधिमा समेत संलग्न नरहेकाले संवाद गर्न पौडेल नेतृत्वको टोलीलाई जिम्मा दिइएको बताए । सोही टोलीले संवाद गरेर आवश्यक टुंगोमा पुग्ने र पार्टीको जिम्मेवारी दिने उनले बताए ।
