पूर्णबहादुर खड्काले भनें : उपप्रधानमन्त्री बन्दिनँ भनेर कहिल्यै भनेको थिइनँ

नेपाली कांग्रेसको नेतृत्व गर्दै सरकारमा गएर शुक्रबार उपप्रधान तथा रक्षामन्त्री बनेका उपसभापति पूर्णबहादुर खड्काले आफूले “उप प्रधानमन्त्री वा प्रधानमन्त्री बन्दिन नभनेको बताएका छन् ।

शनिबार बिहान सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा आफूले “मन्त्री” मात्र नबन्ने बताएको स्पष्ठ पारेका हुन् । २०७२ सालमा अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा खड्काले अब आफू कहिले मन्त्री नबन्ने बताएका थिए ।

त्यसपछि हालै सरकार गठन क्रममा शुक्रबार उपप्रधान तथा रक्षामन्त्री बनेपछि नेपाली कांग्रेसभित्र पूर्णबहादुर खड्का चर्चामा छ्न् ।
उनले बताएका छन्, “त्यसबेला मेरो चेतनाले, मेरो दिलले के निष्कर्षमा पुर्यायो भनें धेरैचोटी मन्त्री भईसकें । ०५५ सालदेखि उद्योग, वाणिज्य तथा आूर्तिमन्त्री, युवा तथा खेलकुदमन्त्री, जनसँख्या तथा वातावरणमन्त्री, सञ्चारमन्त्री, २/२ चोटी गृहमन्त्री गरी ६ पटक मन्त्री भईसकेको हुँदा त्यसपछि मन्त्री नबन्ने घोषणा गरेको हुँ । खड्काले बताएका छन् ।