
चैत १६, दैलेख । अखिल नेपाल महिला संघ चामुण्डा बिन्द्रासैनी नगर समितिको प्रथम महिला सम्मेलन सम्पन्न भएको छ । नेकपा मावबादी केन्द्रको निकट संगठनले बिहीबार अखिल नेपाल महिला संघ चामुण्डा बिन्द्रासैनी नगर समितिको प्रथम महिला सम्मेलन सम्पन्न गरेकाे हाे ।

नगर समितिको प्रथम महिला सम्मेलनबाट अध्यक्षमा लक्ष्मि सिजालिलाई चयन गरिएको छ । उपाध्यक्षमा मनिषा नेपाली, कोषाध्यक्षमा जम्बी रोकाय र सचीवमा दिपा खड्लाई चयन गरिएकाे छ । लक्ष्मि सिजालिको अध्यक्षतामा अन्य ४५ सदस्यीय चामुण्डा बिन्द्रासैनी नगर समितिमा चयन गरिएको हो ।
