गण्डकी प्रदेशले दिएन राष्ट्रिय आविष्कार केन्द्रलाई अझै अनुदान

गण्डकी प्रदेशले राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भनेको १० करोड अनुदान अझै दिएको र्छैन ।

गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९/८० को बजेटमा अनुसन्धान र नवप्रवर्तनका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई १० करोड रुपैयाँ अनुदान दिने भनेको थियो ।

मन्त्रालयका कर्मचारीको ढिलासुस्ती र राजनैतिक फेरबदलका कारण आर्थिक वर्ष सकिन केही महिना बाँकी रहँदा पनि आविष्कार केन्द्रले अनुदान पाउन नसकेको केन्द्रका संस्थापक महावीर पुनले बताएका छन् ।

गण्डकी प्रदेशले दिने भनेको अनुदान नपाएपनि आविष्कार केन्द्रले आफ्नै खर्चमा पुस महिनादेखि काम सुरू गरिरहेको छ ।

यता गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तोयनाथ लम्सालले यस प्रक्रियालाई छिट्टै टुंगोमा पुर्‍याउने बताएका छन् ।

मन्त्रीज्युको समय अनुकल मिलेको छैन् । समय मिलेपछि बैठक बसेर सकेसम्म छिट्टो टुङ्ग्याउने गरी काम गर्ने लम्सालले बताएका छन् ।