मिसन ग्रासरुट अभियानले पार्टी निर्माणको साथै राष्ट्र निर्माणको संकल्प पुरा गर्ने छ – ठम्मर बिष्ट

चैत्र १५, सल्यान । मिसन ग्रासरुट अन्तर्गत सल्यानको उत्तराखण्ड कुमाख र सिद्धकुमाखमा घनिभुत तरीकाले अभियान अघी बढीरहेको छ । सल्यानको सुदुर उत्तरमा रुकुमसंग सीमा जोडीएको सल्यानकै विकट भुभागमा गनिने यो क्षत्र सल्यानको सबैभन्दा ठुलो लेख कुमाख लेक वाट दुइवटै पालीकाको नमाकरण गरीएको, समुद्र सतहदेखी २५३७ मिटरको उचाइमा रहेको जिल्लाकै धार्मीक एबं पर्यटकीय हीसाबले समेत प्रचुर संभावना बोकेको भुमी हो । केन्द्रिीय तहमा फाल्गुण ५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गरेपनि यस क्षत्रमा फाल्गुणको दोश्रो हप्तामा मात्र अभियान पालीका हुदै वडा तह र टोल टोल सम्म अभियानको लक्ष अनुसारनैं संगठन शुदृढीकरण र बिस्तारको काम धमाधम भैरहेको छ ।

बिगतमा संगठन संचालनमा रहेका केही पुराना परीपाटी र तौरतरीकालाई जम्प गरेर अभियान चलाउनु पर्दा एक्कासी पिकअप गर्न भने केही समस्या रहेको उनि बताउँछन । बिष्ट भन्छन, “संगठन र बिचारमा यसले धक्कात ल्याउने नैं छ त्यो भन्दा पनि बढी यसले आन्तरीक संगठन र बाहीर समेत एउटा सकारात्मक तरंग पैदा गरेको छ र बस्तुत संगठन शुदृढीकरणको आधारभुमी खडा गरेको छ” । केन्द्रिय तालीका अनुसारनैं चैत्रको तेश्रो हप्ता सम्म त्यहा अभियान चल्ने र बैशाषको पहीलो हप्ता सुर्खेतमा प्रदेश स्तरको अन्तीम चरणको समिक्षा हुने अभियानको सेडुअल रहेको कुरा विष्ट बताउँछन । यस्ता अभियानहरु केवल पटके रुपमा संचालन गर्ने भन्दा पनि बर्षमा कम्तीमा एकचोटी संचालन गर्नु पर्ने कार्यकर्ताको आम धारणा रहेको उनि बताउँछन् ।

पार्टी सदस्यको नबिकरण, नयां सदस्यता बितरण लगाएतका कामहरु पालीकाका सम्पुर्ण वडामा धमाधम चलीरहेको छ भने पार्टीका जन संगठनको रुपमा क्रियासील शीक्षक, बिद्यार्थी, कर्मचारी, बुद्धीजिबी , ब्यबसायी, किसान, दलीत, महीला,युवा, जनजाती लगाएतका जनसंगठनका कामहरु अघी बढीरहेका छन । यस अभियानको क्रममा अन्य पार्टीवाट समेत केही नेतृत्व तहमा क्रियासील ब्यक्तीत्वहरु नेकपा (एमाले) मा प्रबेश गरेको स्थिती छ । केन्द्रिय प्रतिनिधीको रुपमा नेतृत्व गरेका ठम्मर बिष्ट बिगत द्धन्दकालमा समेत भिन्न र जटील समयमा फौंज र पार्टीका बिभीन्न मोर्चा र कमिटीहरुमा देशको प्राय सबै क्षत्रमा काम गरेको अनुभब संगालेकाले अभियानलाई अघी बढाउन, जनता र कार्यकर्ता अन्र्तघुलनमा सहजै भएको उनि बताँउछन । त्यस क्षत्रमा प्रदेश प्रतिनिधीको रुपमा दुईजना जित बहादुर चलाउने र लाल बहादुर रावत हुनुहुन्छ भने जिल्ला उपसचिब पुष्पा बोहोरा लगाएत दुबै पालीका गरी करीब एक दर्जन जिल्ला समिती सदस्यहरु जिल्ला प्रतिनिधीको रुपमा फील्डमा खटीरहेको अवस्था छ ।

यस्तै सिद्धकुमाख गाउ कमिटीको दोश्रो समिक्षात्मक बैठकमा बोल्दै बिष्टले देश निर्माणमा अन्य पार्टीवाट जनताले आसा मारीसकेकाले बलीयो पार्टी निर्माण मार्फत राष्ट निर्माणको संकल्प पुरा गर्ने अबिभारा नेकपा ( एमाले) को कांधमा आउने भएकोले अभियानलाई नियमीत प्रकृतिको रुपमा नभई युद्ध स्तरमा लिन निर्देशन दिएका थिए । उक्त समिक्षा कार्यक्रममा प्रदेश प्रतिनिधी, जिल्ला प्रतिनिधी, वडा एबं टोल प्रतिनिधीहरुको उपस्थित थियो भने कार्यक्रमको अध्यक्षता पालीका अध्यक्ष टोप बहादुर बुढाथोकीले गरेका थिए ।