कर्णालीका मुख्यमन्त्री शर्माले शुक्रबार दोस्रो पटक विश्वासको मत लिँदै

चैत १५, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् । केन्द्रमा राष्ट्रिय प्रजातन्त्र पाटि राप्रपा सरकारबाट बहिरिएसँगै कर्णालीमा पनि राप्रपाले समर्थन फिर्ता लिएपछि शुक्रबार बस्ने संसद बैठकमा मुख्यमन्त्री शर्माले संसदबाट पुनः विश्वास मत लिनु पर्नु भएको हो ।

मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने नदिने भन्ने विषयमा एमालेले निर्णय लिईसकेको छैन् । हाल कर्णाली सरकारमा एमालेबाट ३ जना मन्त्री सहभागी भएका छन् ।

पहिलोपटक एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी सहित २४ सांसदले मुख्यमन्त्री शर्मालाई समर्थन गरेका थिए ।