भनें जस्ता तीन मन्त्रालय नपाए सरकारमा जनाने एकीकृत समाजवादीको निर्णय

चैत, १५ काठमाडौं । नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालयमा दावि गरेको छ । नेकपा एसको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले तिन मन्त्रालय नपाए सरकारमै नजाने बताए ।

खतिवडाले भनें, ‘हामीले भनेझैं तीन मन्त्रालय पाइसकेका छैनौँ । मन्त्रालयको पनि टुंगो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्नेगरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौं ।’

उनले अहिले आफूहरु एक नभएर तीन जना मन्त्रीको नाम दिन तयार भएर बसेको बताए ।

उनल भने, ‘नामहरु सबै छन् । तीन मन्त्रालय पाएपछि कुन नाम कसरी दिने भन्ने तयार नै छौं । अनुमान गरेको नाम नै धेरै मिल्नसक्छ । तर, तीन मन्त्रालय नदिएसम्म हामी नाम खुलाउँदैनौँ ।’

उनले आफूहरुले धेरै कुरा त्याग गरेको भएकाले अहिले तीन मन्त्रालय पाउने ठाउँ नजिक पुगेको बताए ।