नेपाल उत्पीडित जातीय मुक्ति समाज आठबिस नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न

चैत ११, दैलेख । नेपाल उत्पीडित जातीय मुक्ति समाज आठबिस नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेले भातृ संगठन, जनबर्गिय संगठन र नेपाल उत्पीडित जातीय मुक्ति समाज आठबिस नगर कमिटीकाे प्रथम सम्मेलन शनिबार चैत ११ गते सम्मन्न गरेकाे हाे ।

नगर कमिटीकाे प्रथम सम्मेलनबाट अध्यक्षमा भिम बहादुर बि.क.लाइ चयन गरिएकाे छ । उपाध्यक्षमा उदय नेपाली र अप्सरा बि.क, काेषाध्यक्षमा धनाकुमारी बि.क., सचिवमा पदम बहादुर बि.क., उप–सचिवमा भुपेन्द्र नेपाली र शेर बहादुर बि.क. लाइ चयन गरिएकाे छ । भिम बहादुर बि. क. को अध्यक्षतामा अन्य २५ सदस्यीय आठबिस नगर कमिटी गठन गरिएको छ ।