आज प्रतिनिधि सभा बैठको कार्यसूचीमा प्रधानमन्त्रिले सत्य निरुपणको विधेयक प्रस्तुत गर्ने


१२ चैत, सुर्खेत । आजको प्रतिनिधि सभाको बैठकमा संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सत्य निरुपणको विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्ने उल्लेख रहेको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने विधेयक प्रधानमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।

अघिल्लो बैठकमा यस सम्बन्धी विधेयक प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेकी थिइन् ।

छलफल सकिएपछि संशोधनका लागि ७२ घण्टे समय अवधि तोक्ने, संसदीय समितिमा पठाउने लगायतका प्रक्रिया रहेको गिरीले बताएका छन् ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित यो विधेयकलाई सरकारले फास्ट ट्र्याकबाट पारित गर्ने तयारी गरेको छ ।