कर्णाली प्रदेशसभाको बैठक आज दिउँसाे ३ बजे बस्दै

चैत १२, सुर्खेत । कर्णाली प्रदेशसभाको स्थगित बैठक आज बस्ने भएको छ ।

गत माघ ६ गते स्थगित भएको बैठक आइतबार आज पुन बस्ने भएको हो ।

प्रदेशसभाको बैठक आज दिउँसो ३ बजे बस्न लागेको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताएका हुन ।

दुइ महिनापछि आज कर्णाली प्रदेशसभाकाे बैठक बस्न लागेकाे हाे । यसअघि पुस १८ गते पहिलाे प्रदेशसभाकाे बैठक बसेकाे थियाे ।