कर्णाली प्रदेश योजना आयोगका नवनियुक्ति उपाध्यक्ष योगेन्द्र शाहीले लिए शपथ

चैत ९, सुर्खेत । नवनियुक्त कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका शाहीले मुख्यमन्त्री राजकुमार शर्माबाट शपथ ग्रहण गरेका हुन ।

बुधबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले शाहीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निणर्य गरेको थियो ।