राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने


चैत ५, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निणर्य गरेको छ ।

आइतवार बिहान बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई यसअघि दिएको विश्वासको मतलाई निरन्तरता दिने निणर्य गरेको सांसद सोबिता गौतमले जानकारी दिएकि छन् ।

अहिलेको सरकारले उठाएका जनजीविकाका मुद्दाका आधारमा समर्थनलाई कायमै राख्ने निणर्य भएको उनले बताएकि छन् ।

प्रधानमन्त्री प्रचण्डले भोलि सोमवार संसदबाट विश्वासको मत लिँदै छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भोली विश्वासको मतका लागि १ सय ३८ मत चाहिनेमा कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलले मत दिने घोषणा गरिसकेकाले प्रचण्डले सजिलै विश्वासको मत पाउने देखिएको छ ।

रास्वपाले तत्कालै सरकारमा जाने विषयमा भने कुनै पनि निणर्य गरेको छैन ।

सरकारमा सहभागिताको विषयमा पछि छलफल गरेर निणर्य लिइने गौतमले बताएकि छन् ।