
फागुन २९, काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीको नौ बर्षे लामो कार्यकाल आइतवार रातीबाट सकिएको छ । कार्यकाल सकिए सँगै राष्ट्रपति भण्डारीले आज राष्ट्रपति भवन शितल निवास छाड्ने भएकी छिन ।

राष्ट्रपनि भण्डारीको कार्यकाल सकिएलगत्तै राष्ट्रपतिमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भएका थिए ।
वनिर्वाचित राष्ट्रपनि पौडेललाई आज सोमबार दिउँसो १ बजे सपथग्रहण गराएपछि राष्ट्रपति भण्डारीले राष्ट्रपति निवास शितलनिवास छाडने भएकी छिन् ।

लोकतान्त्रिक गणतन्त्र नेपालका लागि दोस्रो कार्यकालका राष्ट्रपति निर्वाचित भएकी राष्ट्रपति भण्डारी पुनः संघीय संविधान जारी भए पछि तेस्रो कार्यकालका लागि पनि दोहोरयाएर निर्वाचित भएकी थिइन ।