उपराष्ट्रपतिमा चारैजनाको उम्मेदवारी कायम

२०७९ फाल्गुण २८ आइतबार । उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारैजनाको उम्मेदवारी कायम भएको छ ।

नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य , जनमत पार्टीबाट ममता झा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र प्रमिला कुमारीको मनोनयन दर्ता भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको छ ।

आज निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको अन्तिम नामावलीमा उनीहरू चारैजनाको उम्मेदवारी कायम रहेको छ ।