वडा कार्यालय निर्माणको लागी सुझाब लिन जनता माझ जान्छौ : अध्यक्ष वली

फागुन २८, सुर्खेत । २०७४ सालमा भएको स्थानिय तहको निर्बाचन जितेर आएका अधिकांस वडा अध्यक्षहरुले सहमतिमै वडा कार्यालयको भवन निर्माण गरेका छन् भने कति पए ठाउमा अझै पनि जनताको नजिकको सरकारको रुपमा चिनिएको वडा कार्यालयको भवन निर्माण हुन् सकेको छैन । यस्तै पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय बनाउनको विभिन्न तह र तत्का बाट प्रयास भएपनि अझै सफल हुन् सकेको छैन । निबर्तमा वडा अध्यक्ष धनीराम जैसीले पनि वडा कार्यालय निर्माणको लागि जग्गा र ठाउको बारेमा थुप्रै प्रयास गरेको बताउनु हुन्छ। उहा थप्नु हुन्छ,मेरो कार्यकालमा वडा कार्यालय निर्माणको लागि विभिन्न राजनीतिक दलका प्रतिनिधि,स्थानिय जनता, बुद्दिजिवि तथा समाजसेवी सबैलाई राखेर सहमति गर्न खोजे तर सहमति हुन सकेन ।

यता गुर्भाकोट नगरपालिका वडा नम्बर ६ वडा कार्यालय कटबङ्गे चौरमा निर्माण हुने निणर्य भएको भनी सामाजिक सन्जालमा बिरोध र समर्थन दुबै भएपछी लाईका खबर सँग कुरा गर्दै वडा अध्यक्ष गोविन्द वलीले उक्त निणर्य ६ न वडा नेपाली कांग्रेस सम्पादन समितिको भएको भन्दै आफुले वडा कार्यालयको भवन निर्माणको लागी कहा उपयुक्त हुन्छ त्यसको लागी जनता माझ गएर राय तथा सल्लाह सुझाब संकलन गर्ने र सोहि अनुसार आगाडी बढ्ने बताउनु भएको छ। उहाले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५ को उपदफा ३ मा गाउँ सभा वा नगर सभाले सम्बन्धित वडाको सिफारिसमा जनसंख्या तथा जनसंख्याको वितरणको अवस्था, भौगोलिक निरन्तरता अनुकुलता तथा विशिष्टता, भाषिक सांस्कृतिक तथा सामाजिक विशिष्टता, सेवा सुविधा वितरणको अवस्था, सुगमता र विद्यमान भौतिक पूर्वाधार को अबस्थालाई मध्यनजर गरि वडा कार्यालय निर्माण गर्नु पर्ने अबस्थालाई मध्य नजर गरि वडा कार्यालय निर्माण गर्नु पर्ने ठाउ बडाखोली बजार भएपनि जग्गा अभाब र सहमति हुन् नसक्दा हाल सम्म वडा कार्यालयको भवन निर्माण हुन् नसकेको बताउनु भयो। अब छिट्टै जनता माझ जाने र सल्लाहा सुझाब लिने तथा वडा कार्यालय निर्माणलाई तत्कालै अगाडी बढाउने समेत बताउनु भयो ।