
कोशी प्रदेशको नामांकन विरोधमा चक्काचाम गर्ने १३ बन्दकर्तालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि आदिवासीजनजाति प्रदेश-१ को पुनः नामांकन संघर्ष समितिले बन्द गराउँदै हिँडेका मध्ये दमकबाट ८, बिर्तामोडबाट ३ र काँकडभिट्टाबाट २ गरेर १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।
कोशी प्रदेश नामांकन विरोध गर्दै पहिचानवादीले कोशी प्रदेशभर गरेको बन्दले जनजीवन प्रभावित भएको छ ।

चक्काजामका कारण सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् । सडकमा बसेर यातायात बन्द गराउन खोजेपछि दमक चोकमा प्रहरी र आन्दोलनकारीबीच केहीबेर घम्साघम्सीमसेत भएको थियो ।