माओवादीले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने

फागुन २६, काठमाडौं । माओवादी घटकहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने निणर्य गरेका छन ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २८ पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निणर्य गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बताए । उनका अनुसार अन्तर्क्रिरया शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरुसँग गर्ने निणर्य भएको छ ।