नेकपा (एमाले) द्वारा सञ्चालित मिसन ग्रासरुट अभियान जुम्लामा सुरू

जुम्लामा नेकपा (एमाले) द्वारा सञ्चालित मिसन ग्रासरुट अभियान सुरू भएकाे छ ।

जुम्लामा नेकपा (एमाले) द्वारा सञ्चालित मिसन ग्रासरुट अभियानका क्रममा आयोजित वडास्तरीय भेलालाइ(एमाले) का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार सम्बोधन गरेका हुन् ।

भेलालाई सम्बोधन गर्दै रिजालले ‘एउटा पार्टी असल वा खराब हुने कुराले देशको भविष्य निर्धारण गर्दछ । एमालेका सही नीतिका कारण आज गाउँगाउँमा विकास सम्भव भएको छ, सामाजिक सुरक्षाका प्रश्नमा जनता लाभान्वित भएका छन् र मुलुकले समृद्धिको मार्ग समातेको छ तर, हामीलाई अप्राकृतिक रुपमा घेराबन्दी गरेर यी सब कुरालाई अवरुद्ध पार्न खोजिएको छ ।

‘संविधान बनाउँदा, नाकाबन्दीको सामना गर्दा, नक्सा जारी गर्दा र चीनसँग पारवहन सम्झौता गर्दा हाम्रो पार्टीमाथि प्रहार गरिएको छ । तर, जति गरेपनि हामी कुनै विदेशी प्रभुका सामु झुक्दैनौँ’ राष्ट्रभक्त पार्टीका पक्षमा जनता गोलबन्द हुनु पर्ने रिजालले बताएका छन् ।

उनले भने राष्ट्रवादी पार्टी भएका कारण एमालेलाई घेराबन्दीमा पारिएको हो जनताको बलमा त्यसलाई परास्त गर्नेछौं ।