राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा बिकसित घटनाक्रमका बिषयमा छलफल गर्न आठदलीय कार्यदलको बैठक आब्हान

राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा बिकसित घटनाक्रमका बिषयमा छलफल गर्न आठदलीय कार्यदलको बैठक आब्हान गरिएको छ ।
कार्यदलमा प्रधानमन्त्री पुष्पकमल दाहालका बिरुद्दमा सर्बोच्चमा परेको रिटको बिषयमा बिषेश कुराकारी र छलफलन हुने श्रोतले बताएको छ ।

बैठक नेपाली काग्रेसका उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा बस्ने भएको हो । बैठक आजै नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बस्न लागेको श्रोतले बताएको छ ।

बैठकमा कार्यदलमा रहेका दल नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुको सहभागिता रहने छ । उक्त बैठक महत्वपुर्ण खालको हुनेछ ।