स्ववियु निर्वाचनको लागि मप विश्वविद्यालयमा मनोनयन दर्ता सम्पन्न

उमेद्वारी दर्ता गर्दै बिद्यार्थी

फागुन २१, सुर्खेत । आँउदो चैत ३ गते हुन गैरहेको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा आठ दलको भात्रृसंगठनको चहलपहल बढेको छ ।

सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनको लागि सबै संघ संगठनले मनोनयन दर्ता गराएका छन् । संगठनका संयोजकहरुले निर्वाचन कार्यलयमा पुगी रित पूर्वक मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत वेदप्रसाद ढकालले बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयमा ६ वर्ष पछि निर्वाचन हुन लागेको हो । यस अघि २०७३ भदौ १२ गते भएको निर्वाचनमा नेपाल बिद्यार्थी संघका झक्क बहादुर शाही स्ववियु सभापति निर्वाचित भएका थिए ।

गठबन्धन गरेर निर्वाचनमा जाने वा एक्ला एक्लै जाने भन्ने सम्बन्धमा ब्यापक छलफल भएपनी कसैको पनी सहमती जुटन सकेको छैन । सहमती हुन नसकेपछी सबै बिद्यार्थी संगठनले उमेद्वारी दर्ता गराएका छन् । अझै पनी गठबन्धन गरेर आफ्नो जित सुनिश्चित गर्नका लागि बिद्यार्थी नेता देखी संगठनका बिभिन्न तहका ठुला नेता समेत सक्रिय रहेको बुझीएको छ ।

बिद्यार्थी संगठनहरुले सहमती जुटाउन नसकेर उमेद्वारी दिएपनी पार्टिका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सबै बिद्यार्थी संगठनहरुले अन्यसंगठनका मतहरुको जोडघटाउ गर्दै कुन पार्टीसंग सहकार्य वा गठबन्धन गरेर जित्न सकिन्छ भन्ने कुरालाई लिएर मत जोड घटाउमा सक्रिय भएका छन् ।