स्ववियु सभापतिकाे उमेदवार छनौट

नेपाल कम्युनिस्ट पार्टीको भ्रातृसंगठन अखिल (क्रान्तिकारी ) विप्लव मध्य पश्चिम विश्वविद्यालय कमिटीले स्ववियु निर्वाचन काे उमेदवार चयन गरेको छ ।

चैत्र ३ गते हुने स्ववियु निर्वाचनकाे उमेदवारमा चिन बहादुर बाेगटी लागि सर्वसम्मत छनौट गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज ध्रुव सि काे प्रमुख आतिथ्यमा जिल्ला सचिव कमरेड जित सि, अखिल (क्रान्तिकारी ) का केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज तुलराज तिरुवा, मध्य पश्चिम विश्वविद्यालय तथा सुर्खेत बहुमुखी क्याम्पस इन्चार्ज कमल शाही, क्याम्पस अध्यक्ष बसन्त राेकाया लगायत विश्वविद्यालय कमिटी का बिधार्थी को उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन र अध्यक्षता चिन बहादुर बाेगटीले गरेका छन् ।