केएमसीमा विपक्षी विद्यार्थी संगठनकाे तालाबन्दी (भिडिओ)

काठमाडौं

नेकपा एमाले निकट अनेरास्ववियु लगायतका विपक्षी गठबन्धन विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दै बढी शुल्क लिएपछि अनेरास्ववियु लगायतका विद्यार्थी संष्ठनले तालाबन्दी गरेका छन् ।

आयोगको तोकेको भन्दा बढी अतिरिक्त शुल्क लिएर विद्यार्थीको ढाड सेक्ने काम भएको, अतिरिक्त शुल्क नबुझाउनेलाई कक्षाकोठाबाट बाहिर निकालेको जस्तो घटना कलेजले गरेको प्रतिपनि संगठनहरुले निन्दा गरेका छन् ।

आयोगबाट निर्धारण भएको भन्दा बिनाशीर्षक लाखौँ रुपैयाँ अतिरिक्त शुल्क बुझाएपछि मात्र पठनपाठन सुरू गर्ने भनी काठमाडौं मेडिकल कलेजले धम्की दिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।

यसअघि अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण पनि गराएको थियो ।