Search
Generic filters

कैलालीमा अर्जुन दासको विभत्स हत्या प्रकरण – हत्या आरोपमा चार जना पक्राउ

अर्जुन दास हत्या प्रकरणमा पक्राउ भएका १९ वर्षीय मनोज भण्डारी, जानकी गाउँपालिका-९ कै १९ वर्षीय रोनी परियार भन्‍ने दिलिप दास, सोही गाउँपालिकाका बमे भन्‍ने १९ वर्षीय बमबहादुर बोहोरा र १९ वर्षीय सुमित साउद

काठमाडौं । कैलालीमा गत पौष महिनामा अर्जुन दासको हत्या आरोपमा महानगररीय अपराध महाशाखाको टोलीले हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

गत पौष ३ गते कैलालीको जानकी गा.पा.वडा नं.-९ अमरावती सामुदायिक वनमा २५ वर्षिय अर्जुन दासलाई मोवाईल चोरी गरेको आरोपमा मनोज भण्डारी समेतका साथीहरूको समूहले साजको रूखमा बाधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी फरार भएका थिए ।

घटना हुन भन्दा ३ दिन अगाडी कमल साउदको मोबाईल फोन हराएको विषयलाई लिई निजले सुमित साउदलाई शंका गरी कुटपिट गरेको ।

अर्जुन दासले मोबाइल चोरेको आरोपमा मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहोरा, शुशिल मयाल, दिलिप दास, बादल वि.क., करण दर्नाल समेतले अर्जुन दासलाई कुटपिट गर्ने योजना बनाए । मृतक अर्जुन दास र निजका साथिहरू लागुऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भए । सबैजानाले लागुऔषध सेवन गरिसकेपछि मोवाईल र सुमित साउदलाई कुटपिट गरेको भनि बाकिँ सबैले अर्जुन दासलाई कुटपिट गरी बन्धक बनाई रुखमा बाधेर राख्छ्न् ।

त्यसरी बाधेर राखेको ४/५ घण्टापछि अर्जुन दासको हत्या गर्ने योजना बनाउछ्न् । रातको २३:०० बजे मनोज भण्डारी लगायतका समूहले मृतक अर्जुन दासलाई साजको रूखमा हातखुट्टा बाधी खुकुरीले घाँटी छिनाई, टाउको २ फीट टाढा राख्छ्न् । त्यसरी विभत्स हत्या गरेपछि सवैजनाले लागुऔषध सेवन गरी रातभरी घटनास्थलमा नै बसेको प्रहरीले दिएको जानकारीमा उल्लेख छ ।

भोलिपल्ट पौष ३ गते विहान ०५:०० बजे मनोज भण्डारी, बादल वि.क., दिलिप दास, बमे बोहोरा, सुमित साउद र विवेक सिंह भारतको दिल्ली तर्फ लाग्छ्न् । कनकलाल वि.क., करण दर्नाल, शुशिल मयाल र नाम थर वतन नखुलेको शुशिल मयालको साथी कैलाली मै लुकी बस्छ्न् ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका-९का १९ वर्षीय मनोज भण्डारी, जानकी गाउँपालिका-९ कै १९ वर्षीय रोनी परियार भन्‍ने दिलिप दास, सोही गाउँपालिकाका बमे भन्‍ने १९ वर्षीय बमबहादुर बोहोरा र १९ वर्षीय सुमित साउद रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई रुपन्देहीको सिदार्थनगर नगरपालिका-१ बेलहिया सीमानाकाबाट पक्राउ गरेको हो ।

कैलाली हत्याकान्ड - दासको हत्याको विरोधमा विरोधमा राजमार्ग अवरुद्ध
टीकापुर | कैलाली जानकी गाउँपालिकाका – ९ का अर्जुन दासको हत्याको विरोधमा कैलालीको लम्कीमा शुक्रबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएकोछ । दोषीलाई करवागी गर्न दबाब दिन राजमर्ग अवरुद्व पारेको अर्जुनका आफन्तले...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters