ठूलो दल बन्ने प्रलोभमा गलत पार्टीसँग सम्झौता गर्‍यौ – कमल थापा

file photo

रामेछाप । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा बाटो बिराएका कारण जनमुखी हुन नसकिएको बताए ।
रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले विगत ठूलो पार्टी बन्ने चाहनाले गलत प्रवृत्तिसँग सम्झौता गरेर बाटो बिराइएको थियो अब सच्चिने बताए हुन्

थापाले धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द्व तर्फ जानेमा समेत थापाको चिन्ता थियो । राप्रपा नेपालले आगामी दिनमा राजाको एजेन्डालाई कार्यनीति बनाउन सकिदैन भन्दै पार्टीको एजेन्डा सम्बर्द्धनवाद, सुशासन, हिन्दुत्व र समृद्धि हुने स्पष्ट पारे ।
उनले सत्ता केन्द्रित फोहरी खेलमा अलमलिँदा पार्टी महत्त्वहीन र भूमिका विहीन भएको उल्लेख गर्दै अब विगतका कमजोरीहरू सच्याएर अगाडि बढ्ने बताएका छन् ।
नेपाललाई बाह्य शक्ति केन्द्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेलअनुसार काम भइरहेको भन्दै थापाले ठूला भनिने दलहरू मुलुकको स्वाधीनता र समृद्धिमा भन्दा ब्रम्हलुटमा केन्द्रित भएको समेत आरोप लगाएका छन् ।
भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरूको विकल्प खोज्ने बेला भन्दै थापाले राप्रपा नेपाल नै त्यसको विकल्प हुन सक्ने दाबी समेत गरेका छन् ।