आज मौसमा सामान्य बदली हुने

file photo

हाल देशमा भारतको बिहार देखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने जनाएको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

सोमबार पनि प्रदेश १ मा आंशिक देखि सामान्य बदली र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । प्रदेश १ को पहाडी भू-भागका थोरै र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको समेत जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।