सशस्त्र प्रहरीमा एसपीको पदावधी ३ वर्ष बनाउन प्रधान कार्यालयलाइ प्रस्ताव

file photo

काठमाडौं । सशस्त्र प्रहरी बलमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने पदभन्दा एक तह मूनीको पदमा चार वर्ष सेवा अवधि पूरा हुनुपर्ने प्रस्ताव गरीएको छ । सशस्त्र प्रहरी नियमावलीमा भएको सो व्यवस्थालाई संसोधन गरेर एसपीको पदावधि ३ वर्षे बनाउन प्रस्ताव गरिएको हो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी उपरिक्षक (एसपी)को पदावधि ३ वर्ष बनाउन गृह मन्त्रायलयमा प्रस्ताव गरेको छ । तर, गृहले सो प्रस्ताव अघि बढाएको छैन । सशस्त्र प्रहरीको प्रस्ताव अनुसार एसपीमा बढुवा भएको ३ वर्ष पूरा भएका अधिकृत एसएसपी हुन योग्य हुन्छन् । पदावधि पूरा नहुँदै माथिल्लो पद खाली भएमा उनीहरुलाई कामु दिने व्यवस्था रहेको छ ।
एसपीको पदावधि घटाउने प्रस्तावबारे छलफल भइरहेको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले जनाकरी दिए । उनका अनुसार सशस्त्र प्रहरीबाट प्रस्ताव आएको छ, त्यसबारे अध्ययन भइरहेको छ ।
नियमावली संसोधन गरेर सेवा अवधि घटाउनका लागी सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले २०७८ माघमा समिती गठन गरेका थिए । डीआईजी नारायण दत्त पौडेल संयोजक रहेको समितिमा कामु एसएसपी दिपेन्द्र शाह र कानुन शाखाका एसपी युवराज अर्याल सदस्य रहेका थिए । समितीले नियमावली संसोधन गरेर सेवा अवधि ३ वर्ष बनाउन सुझाव सहितको प्रतिवेदन दिएको थियो ।