Search
Generic filters

सुनसरीमा थपिए १ लाख १३ हजार ६ सय नयाँ मतदाता

file photo

सुनसरी । सुनसरीमा गत निर्वाचनको तुलनामा एक लाख १३ हजार ६ सय ६ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले बताएकाे छ । आयोगले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीमा पाँच लाख ३४ हजार सात सय ६५ जना मतदाता रहेका छन् ।
निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले दिएको जानकारीअनुसार सुनसरीमा सबैभन्दा बढी मतदाता इटहरी उपमहानगरपालिकामा र कम मतदाता बर्जु गाउँपालिकामा रहेको बताएका छन् ।
सुनसरीको १२ पालिकामध्ये धरानमा ०७४ सालमा ७९ हजार दुई सय ८२ जना मतदाता रहेका थिए भने ०७८ मा २१ हजार ४२ जना थपिएर एक लाख तीन सय २४ जना मतदाता थपिएको निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिएका छन् ।
मिश्रका अनुसार धरानमा पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या बढी रहेकाे छ । ०७४ मा ७७ हजार ६ सय ७७ जना मतदाता रहेको इटहरीमा यसपटक २६ हजार नौ सय ४९ जना मतदाता थपिएका छन । इटहरीमा पनि पुरुषभन्दा महिला मतदाताको संख्या बढी रहेको छ । पुरुष ४९ हजार नौ सय २५, महिला ५४ हजार सात सय रहेको छ ।
यस्तै बर्जु गाउँपालिकामा ०७४ मा १८ हजार पाँच सय ६४ जना मतदाता रहेकोमा ०७८ मा २२ हजार चार सय ६७ जना मतदाता पुगेका छन् । निर्वाचन कार्यालयका अनुसार सुनसरीमा यसपटकको निर्वाचनमा इटहरी उपमहानगरपालिकाबाट एकजना र रामधुनी नगरपालिकाबाट एकजना यौनिक तथा अल्पसंख्यक समूहका व्यक्ति पनि मतदाता सुचीमा परेका छन् ।
भोक्राहा नरसिंहमा २८ र हरिनगरामा २८ गरी जम्मा पाँच सय ८१ मतदान केन्द्रबाट मतदान हुने कार्यालयले जनाएको छ ।

सुनसरीको बर्जुमा नेकपा एमाले विजयी
सुनसरीको बर्जु गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछ कुमार राय ७ हजार ८६१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघु नन्दन चौधरीले ७ हजार ४७४...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters