नेपालमा टाइफाइ खाेप अभियान सुरू हुँदै

file photo

काठमाडौं । नेपाल सरकारले देशभर पहिलो पटक टाइफाइड खोप अभियान सुरु गरेको छ । चैत २५ गते देखि पहिलो पटक १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाइ टाइफाइड खोप अभियान चलाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
चैत २५ गतेदेखि बैशाख १८ गते सम्म खोप सञ्चालन रहने छ । सञ्चालन हुने स्थान, मिति र समय बारे भने स्थानीय रेडियो, स्वास्थ्य संस्था, वडा कार्यालय र विद्यालयबाट जानकारी गराइने जनाइएको छ ।

यो अभियान पश्चात टाइफाइड खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिने छ । सरकारले नियमित खोप कार्यक्रममा समावेश भएपछि १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गर्नेछ जानकारी गराएको छ ।