Search
Generic filters

चितवनमा गठबन्धनलाई हराउँदै नेकपा एमाले बन्यो पहिलो दल

चितवन । चितवनका सात स्थानीय तहका तीन प्रमुख, चार उपप्रमुख र ३६ वडाध्यक्ष जितेर नेकपा एमालेले पहिलो दल बनेको छ । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेका मात्रै २४२ जना निर्वाचित हुदाँ नेकपा एमाले चितवनमा पहिलो दल बनेको हो ।

जिल्लाका ७ वटै पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो । नेकपा एमालेले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपासँग तालमेल गरेको थियो ।

अघिल्लो चुनावमा रत्ननगर नगरपालिका, खैरहनी नगरपािलका, कालिका, नगरपालिका, राप्ती नगरपालिकामामा प्रमुख र उपप्रमुख दुबै पद र माडी नगरपालिकामा उपप्रमुख पद जितेको एमालेले यसपटक रत्ननगर र खैरहनीमा प्रमुख पद गुमाएर उपप्रमुख पद जितेको छ ।

राप्तीमा भने प्रमुख र उपप्रमुख दुबै गुमाएको छ । कालिका नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको छ भने माडीमा प्रमुख पद जितेको छ ।

दलगत रूपमा हेर्दा एमाले एक्लैले धेरै पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष जितेको छ । वडा अध्यक्ष भने धेरै गुमाएको छ । अघिल्लोपटक ५७ वडा जितेको एमालेसँग अहिले ३६ वडाध्यक्ष मात्रै छन् । एमालेले भरतपुरमा ६ रत्ननगरका ५, खैरहनीका ७, राप्तीका ८, कालिकाका ४, इच्छाकामनाका ५ र माडीको एक गरी ३६ वडा जितेको छ ।

आगामी निर्वाचनको तयारीका लागि जिल्ला र क्षेत्रमा केन्द्रित हुन निर्देशन
नेकपा एमाले संसदीय दलको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी भदौ ३१, सुर्खेत । नेकपा एमाले संसदीय दलको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी रहेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जनाकारी दिए। बैठकमा...
पुरा पढ्नुहोस् ..
वीरेन्द्रनगर २ बाट काँग्रेस, माओवादीका २१ जनाले गरें एमाले प्रवेश
भदौ ३०, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. २ प्रगतिशिल टोलबाट नेपाली काँग्रेस र माओवादी केन्द्र परित्याग गरी बलबहादुर सुनार ,यामलाल गिरि, डिलमाया सुनार लगायत २१ जना नेकपा एमालेमा प्रवेश गरेका छन्...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters