बुटवलमा नेपाली कांग्रेसको अग्रता कायमै

बुटवल –
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले ८ हजार ७ सय ९३ मत ल्याउनु भएको छ । उहाँ प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले ५ हजार ८ सय ५३ मत ल्याउनुु भएको छ ।

यसैगरी धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायमै छ ।

यस्तै,नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले अग्रता बनाउँदा नेकपा एमालेका पशुपतिदयाल मिश्रा पछि पर्नु भएको छ । उज्यालोमा समाचार छ ।