काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै, केशव स्थापित ४५ सय मतान्तरले पछाडी

काठमाडौंमा पछिल्लो मतगणनाको परिणाम अनुसार महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ९ हजार ६ सय ५ मत पाएर अग्रता कायमै राखेका छन् ।

शाहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार १ सय ४ मत ल्याएर पछ्याइ रहेका छन् । बालेन र स्थापित विरुद्ध मत अन्तर ४ हजार ५ सय १ रहेको छ ।

तेस्रो स्थानमा रहेकी गठबन्धन तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएकी छिन् ।