Search
Generic filters

देउवाकै वडामा हार्‍यो कांग्रेस, कर्ण मल्ल पक्षका भण्डारी निर्वाचित

डडेलधुरा — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै कांग्रेस उम्मेदवार पराजित भएका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले यही वडामा पुगेर मतदान गरेका थिए । डडेलधुरामा पुर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले देउवासँग असन्तुष्टि जनाउँदै नेकपा एमालेसँग तालमेल गरेर कांग्रेस बीपीको चुनाव चिन्हमार्फत् उम्मेदवारी दिएको छ ।

वडाध्यक्षमा टिकट वितरणको असन्तुष्टिको फाइदा उठाउँदै कांग्रेस बीपीले एमालेको सहयोगमा देउवाकै वडाबाट विजयी सुरूवात गरेको हो । कांग्रेस उम्मेदवार देउवा प्रधानमन्त्री देउवाकै बन्धु हुन् ।

अधिकांश समय काठमाडौंमा बस्ने उनलाई देउवाले वडाध्यक्षको उम्मेदवार बनाएका थिए । भण्डारी भने गाउँकै स्थानीय हुन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् ।

पछिल्लो परिणामअनुसार कांग्रेसका इन्द्रबहादुर काकीृले १०३२ मत पाएका छन् भने कांग्रेस बीपीका सुरेन्द्रबहादुर मालीले ४९९ मत पाएका छन् । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी ज्ञानुकुमारी सेटीले ९८९ मत पाएकी छिन् भने एमालेका इन्द्रबहादुर महराले ५०२ मत पाएका छन् । यहाँ १० हजार ४१४ मतदाता छन् ।

https://ekantipur.com/news/2022/05/14/16525265920115297.html
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters