Search
Generic filters

आज राती १२ बजेबाट मौन अवधि सुरू: के के गर्न पाइँदैन ?

स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदै छ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले बताएको छ । आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन सम्मेत दिएको छ ।

निर्वाचनको मौन अवधि अगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटक लगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगकोे आग्रह छ । सामाजिक सञ्जालमा रहेका आचारसंहिता विपरीतका चित्र, पोष्ट हटाउन पनि आयोगको आग्रह छ ।

नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने सरकारले निणर्य गरेको छ । एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहन निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के के गर्न पाइँदैन ?
– मौन अवधिभर निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाइँदैन

  • निर्वाचको लागि मत माग्न नहुने
  • मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
  • एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने
    – मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters