Search
Generic filters

बर्दिबासमा नेकपा माओवादीको प्रतिबद्धताः वार्षिक पाँच सय भन्दा बढी युवालाई रोजगार दिने

महोत्तरी । नेकपा माओवादी केन्द्र बर्दिबासले आसन्न स्थानिय निर्वाचनको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेकाे छ ।

बिहीबार एक कार्यक्रमकाे अायाेजना गरी स्थानीय तहमा निर्वाचित भएपछि पाँच वर्षसम्म गर्ने प्रतिबद्धता र पाँच वर्ष पछिका आधारहरू घोषणापत्रका माध्यमबाट सार्वजनिक गरेको छ ।

घोषणापत्रमा युवा स्वरोजगार र रोजगारलाई मुख्य प्राथमिकता दिइएको छ । वार्षिक पाँच सयभन्दा बढी युवाहरूलाइ नगरभित्रै स्वरोजगार र रोजगार सिर्जना गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

विकासका पूर्वाधारमा समेत आमूल परिवर्तन गर्ने बताउँदै उक्त घोषणापत्रमा धुलाम्य सडकबाट मुक्त बनाई वार्षिक १५ किलोमिटर सडकलाई पक्की बनाउने नीति सम्मेत उल्लेख गरेको बताइएको छ ।

सबै प्रकारका सडक कम्तिमा चार मिटरको हुनुपर्ने नियम लागु गर्नेदेखि लिएर आवश्यक स्थानहरूमा फलाइ ओभर बृज र अन्डरपास निर्माण गर्ने नीति पनि लिइएको उल्लेख गरिएको छ ।

नगरवासीहरूलाई निःशुल्क उपचारको लागि स्वास्थ्य बिमा परियोजनालाई गतिशील बनाउने, सुविधासम्पन्न सर्पदंश उपचार केन्द्र, एक वडा एक योग ध्यान केन्द्र, विपन्न र दीर्घ रोगीहरूको लागि नगर स्वास्थ्य कोष स्थपना गरी निःशुल्क उपचारको व्यवस्था गरिने, बर्दिबासलाई सुविधा सम्पन्न, आधुनिक उपकरणसहित सय शय्याको अस्पताल स्तरोन्नति गरिने नेकपा माओवादीले बताइएको छ ।

आधिकारिक स्वामित्वको आधारमा तुरुन्त लालपुर्जा वितरण गर्नेदेखि किसान परिचयपत्र बनाउने, आधुनिक गोठ, खोर तथा पशुपालनमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिने पनि माओवादी केन्द्रले नीति बनाउने जनाएको छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters