Search
Generic filters

हतुवागढी गाउँपालिका-९ का एक युवकले सुब्बाको जागिर त्यागेर वडाध्यक्षका उम्मेदवार

भोजपुर: यतिबेला पनि चुनावको माहोलले गाउँघरदेखि शहरबजार तातेको छ । चुनावी एजेन्डा लिएर उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् ।

उनीहरु सकेसम्म आफूलाई जनताप्रति उत्तरदायित्व बनाएका छन् । तीमध्ये यसपटकको चुनावमा पुराना अनुहारभन्दा नयाँ अनुहार भएका उम्मेदवार रहेका छन् । आफ्नो पेशा र जागिर छोडेर चुनावी मैदानमा होमिएका उदाहरणहरु पनि आएका छन् ।
गाउँघरको विकास र जनताको सेवा गर्ने दृढ ईच्छाले आफ्नो सरकारी जागिर त्यागेर उम्मेदवार बनेका एक उदाहरणमा परेका छन्, हतुवागढी गाउँपालिका-९ का सञ्जाल राई ।

हतुवागढी गाउँपालिका कार्यालयको पञ्जीकरण प्रशासन फाँटका नायब सुब्बा रहेका राईले यो निर्वाचनमा आफ्नो ९ नम्बर वडाबाट उम्मेदवारी दिएका छन् ।

जागिर नै छाडेर चुनावी मैदानमा होमिएका राईको सपना नै गाउँको विकास गर्ने रहेको छ । भौगोलिक रुपले विकट क्षेत्र मानिने भोजपुरको हतुवागढी क्षेत्रका धेरै ग्रामीण भेगमा अझै पनि विकासको लहर पुग्न सकिराको छैन ।

आफ्नो गाउँलाई समृद्ध बनाउने अठोट बोकेका राईले नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार दिएका हुन् । ‘जागिरभन्दा पनि गाउँको विकास ठूलो हो, त्यसैले जागिरको मोह छोडेर जनताको घरदैलोमा पुगेको छु’ उनले भने, ‘गाउँमा अझै दुःख छ, विगत ५ वर्षमा सोचेजति विकास हुन सकेन, नागरिकको कष्ट उस्तै छ, केही परिवर्तन ल्याउने प्रबल मनसायले उम्मेदवारी दिएँ’ अघिल्लो स्थानीय तहको निर्वाचनपछि विकासको लहर ल्याउने काममा जनप्रति निधिहरु मध्ये केही सफल भए, केही असफल तर राईको भने ती अधुरा कामलाई सार्थकता दिने पहिलो प्राथमिकता रहेको बताएका छन् । सडक पुगेपनि राम्रो पहुँच नहुँदा अझैपनि यस क्षेत्रका नागरिकहरु घण्टौं लगाएर सदरमुकाम आउने गरेका अवस्था देखोर उनले सडकको दिगो स्तरोन्नती गरेर योजनाहरुलाई अघि बढाउने उनको एजेन्डा रहेको छ ।


खानेपानी पहुँचलाई पनि विशेष ग्राह्यता दिएर सिँचाई र खेतीपातीबाट आर्थिकस्तर उकास्ने उनको मुख्य लक्ष्य रहेको छ । शैक्षिक गुणस्तर उकास्ने र शिक्षित दक्ष जनशक्ति उत्पादनमूलक बनाउने उनले विश्वास व्यक्त गरका छन् । यो स्थानीय तहको निर्वाचनमा विशेषगरी वडातहको उम्मेदवारीमा सबैभन्दा बढी युवापुस्ताको बर्चस्व देखिन्छ । नयाँ सोच, जोस, जाँगरहितको विकासे एजेन्डा लिएर नागरिकहरुलाई रिझाउनमा उनी व्यस्त भएका छन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters