बाँकेमा माओवादी केन्द्रको किचलो, छुट्टै उम्मेदवारी

बाँके । बाकेमा उत्साहजनक तरिकाले मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता दर्ता गर्दा दलबदलसहित पुगेका छ्न् । बाँकेमा सोमबार उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ। मनोनयन दर्ता गर्दा दलहरू आफ्ना दलबलसहित पुगेका थिए । नेपालगन्ज उपमहानगरपालिकामा करिब दुई दर्जन उम्मेदवारले प्रमुख र उपप्रमुख पदमा मनोनयन दर्ता गराए ।

गठबन्धनका तर्फबाट नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरूद्धिन राईले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले मनोनयन दर्ता गराए।

यहाँ माओवादी केन्द्रले पनि गठबन्धनको भावना विपरित एकल उम्मेदवारी दर्ता गराएका छ्न् । नेकपा माओवादी केन्द्रका टंक धामीले प्रमुख र तारा रोकायले उपप्रमुख पदमा मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै आइतबारनै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नगर प्रमुखमा नन्दलाल बैश्य र उपप्रमुखमा बिन्दु चर्तिमगरले मनोनयन दर्ता गराएका थिए ।

बाँकेको ८ वटै स्थानीय तहमा सोमबार कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।