सत्ता गठबन्धनका मेयर र उप-मेयर उम्मेदवारमा जताततै पुरुष उम्मेदवारको दबदबा

काठमाडौं । निर्वाचन आयोगले दलहरूबाट महानगर, नगर र गाउँपालिकामा उम्मेदवार दिँदा प्रमुख वा उपप्रमुखमध्ये कुनै एकमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार गत २०७४ को स्थानीय चुनावमा प्रमुख वा उपप्रमुख कुनै एकमा महिलाको उपस्थित सुनिश्चित भएको थियो । तर २०७९ को स्थानीय तहको निर्वाचनमा आउँदा सत्तारूढ दलको स्वार्थका कारण धेरै ठाउँमा महिला उम्मेदवार हुनबाट वञ्चित भएका छन् ।

सत्ता गठबन्धनले महानगर र उप-महानगरमा गरेको गठजोडमा अधिकांशमा पुरुष उम्मेदवार बढी देखिएका छ्न् । सत्ता गठबन्धनले ६ मध्ये २ महानगरपालिकामा महिलालाई मेयरको उमेदवार बनाएका छन् । निर्वाचन आयोगले स्थानीय तह, नगरपालिका र महानगरमा प्रमुम वा उपप्रमुखमध्ये कुनै एकमा मात्रै उम्मेदवारी दिए सुरुमा महिलालाई प्राथमिकता दिनुपर्ने भनेको थियो । तर, सो आचारसंहितालाई निर्वाचन आयोगले सच्याउँदै कुनै एक पदमा उम्मेद्वार दिँदा महिला अनिवार्य हुने वाक्यांश हटाएसँगै हाल महानगर र उपमहानगरमा पुरुष उम्मेदवारको संख्या बढी देखिएको हो ।

तर सबै भन्दा ठुलो प्रतिपक्ष दल नेकपा एमालेमा भने महिला पुरुष उम्मेदवार समानन्तर देखिएका छ्न् ।

निर्वाचन आयोगलेनै सत्तारूढ दललाई सहयोग हुनेगरी सजिलो बनाइदिएपछि मेयर महिलाको संख्या न्यून देखिएको हो । २०७४ को निर्वाचनमा भरतपुर महानगरपालिकामा मात्रै प्रमुखमा महिला थिए । माओवादी केन्द्र र कांग्रेस गठबन्धनबाट रेणु दाहाल भरतपुरको मेयर बनेकी थिइन् । अहिले पनि उनै दाहाल गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी छन् ।

त्यस्तै सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहले उम्मेदवार बनेकी छन् । सत्ता गठबन्धन कांग्रेसको तर्फबाट सिंहलाई अघि सारिएको हो । यस्तै, नेकपा एमालेले जितपुर सिमरा उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा प्रमुखमा महिलालाई अघि सारेको छ । जितपुर सिमरामा यसअघि २०७४ मा उपप्रमुख बनेकी सरस्वतीदेवी चौधरी एमालेबाट मेयरको उम्मेदवार बनेकी छन् । धरानमा उमपमेयर बनिसकेकी मञ्जु भण्डारी हाल मेयरमा उम्मेदवार बनेकी छन् ।

सत्ता गठबन्धनको सहयोगमा एकीकृत समाजवादीबाट हटौडामा उपमहानगरपालिकामा मीना लामालाई उम्मेदवार बनाएको छ । यसअघि २०७४ को निर्वाचनमा एमालेबाट लामाले उपमेयरमा जितेकी थिइन् । पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेकी थिइन् । यो पटक गठबन्धनका कारण ललितपुर महानगरपालिकाले मेयर र उपमेयरमा दुवै जना पुरुषलाई उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले कुनै एक पदमा उम्मेदवार दिए महिला अनिवार्य हुने आचारसंहिता हटाएसँगै हाल धेरै पालिकामा पुरुष उम्मेदवार हाबी भएका हुन् ।

मेयरमा कांग्रेसका चिरिबाबु महर्जन छन् भने नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य उपमेयरको उम्मेदवार बनेका छन् । त्यस्तै, विराटनगरमा सत्ता गठबन्धनले दुवै जना पुरुष उम्मेदवार उठाएका छन् । विराटनगर महानगरमा कांग्रेसको तर्फबाट नागेश कोइराला मेयरमा उम्मेदवार दिएका छन् भने जसपाबाट अमरेन्द्र यादव उम्मेदवार बनेका छन् । वीरगन्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार राजेशमान सिंह बनेका छन् भने उपमेयरमा इम्तियाज आलम उपमेयर उम्मेदवार बनेका छन् ।

सत्ता गठबन्धनमा मात्रै होइन एमालेले गठबन्धन गरेको वीरगन्जमा एमालले विजय सरावगीले मेयरमा उम्मेदवार दिएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीबाट पुरुषोत्तम झा उपमेयरमा उम्मेदवार दिएका छन् ।

११ उपमहानगरपालिकामध्ये धरानमा गठबन्धनको तर्फबाट किशोर राई मेयरका उम्मेदवार बनेका छन् भने उपमेयरमा माओवादीका अइन्द्रविक्रम बेघा उम्मेदवार बनेका छन् । त्यस्तै, इटहरीमा हेमकर्ण पौडेल कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार बनेका छन् भने एकीकृत समाजवादीका केशवकुमार विष्टले उपमेयरमा उम्मेदवारी दिएका छन् । जनकपुर उपमहानगरपालिकामा जसपाले लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको छ भने कांग्रेसका किशोरी साहलाई उपमेयर उम्मेदवार बनेका छन् ।

बुटवलमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले मेयरमा उम्मेदवारी दिएका छन् भने एकीकृत समाजवादीका चीनबहादुर गुरुङ उपमेयरको उम्मेदवार बनेका छन् । घोराही नगरपालिकामा नेकपा माओवादी केन्द्रका हेमराज शर्माले मेयरमा र कांग्रेसका भुपबहादुर डाँगी उपमेयरको उम्मेदवार दिएका छन् ।

तुलसीपुरको मेयरमा नेपाली कांग्रेसका गेहेन्द्र गिरी मेयर र एकीकृत समाजवादीका जंगबहादुर राना मगर उपमेयरको उम्मेदवार दिएका छन् । नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्ट मेयर र कमरुद्धिन राई उपमेयरका उम्मेदवार बनेका छन् । राजधानि दैनिकमा समाचार छ ।