कर्णालीका दुई जिल्ला सुर्खेत र रुकुम गठबन्धनबीच जुटेन सहमति, छुट्टाछुट्टै चुनाव लड्ने

पाँच दलीय गठबन्धनबीच कर्णालीका दुई जिल्लामा भागबण्डा नहुने भएको छ । गठबन्धनले कर्णालीका आठ जिल्लामा भागबण्डा मिलाए पनि सुर्खेत र रुकुम (पश्चिम)मा सहमति भएका छैन् ।

सुर्खेत र रुकुम (पश्चिम) मा सहमति जुटाउन नेपाली काँग्रेसका उपसभापति पूणर्बहादुर खड्का र माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल भए पनि सहमति जुट्न नसकेका हुन् । रुकुममा माओवादी केन्द्रको प्रभाव रहेको जिल्ला हो भने सुर्खेतमा काँग्रेसको बढी प्रभाव भएको जिल्ला हो ।

कर्णालीका अन्य आठ जिल्लामा भने सत्ता गठबन्धनबीच टुंगो लागि सकेको छ । भागबण्डा टुंगो लागेका जिल्लामा माओवादी केन्द्रले प्रमुख/उपप्रमुख गरी ५१, काँग्रेसले ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ । रातोपाटीमा समाचार छ ।