Search
Generic filters

काँग्रेसको संकल्प : ‘रहरलाग्दो सहर, बसौं–बसौं लाग्ने गाउँ’

काठमाडौँ | नेपाली कांग्रेसले आगामी पाँच वर्षमा स्थानीय तहलाई रहरलाग्दो सहर र बसौं-बसौं लाग्ने गाउँको रुपमा विकसित गर्ने संकल्पसहितको घोषणा गरेको छ । ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर स्थानीय तह निर्वाचन २०७९ का लागि जारी घोषणा पत्रमा कांग्रेसले आफ्नो नेतृत्वमा बन्ने स्थानीय सरकारले गाउँमा जनतालाई बस्नयोग्य बनाउन विशेष प्राथमिकता दिने बताएको छ ।

कांग्रेसले हरेक नेपालीको थालमा खाना, रहरलाग्दो सहर, बसौं-बसौं लाग्ने गाउँ, हरेक नेपालीलाई गाह्रो परेको बेला तत्काल सहयोग गर्न स्थानीय पदाधिकारी, जनताको स्वस्थ जीवनशैलीबारेको सजगता, परिआएको बेला निःशुल्क स्वासथ्य सेवा, हरेक नेपालीका सन्तानलाई गुणस्तरीय शिक्षासहितको सम्मानीत जीवन आफ्नो परिकल्पनामा समटेको छ ।

शिक्षा : ‘ड्रप आउट’ घटाउने र ‘रिटेन्शन’ बढाउने

कांग्रेसले अबको दशकमा नेपालको शिक्षा प्रणालीमा सुधार गर्न ‘रट्ने र घोक्ने’ सिकाई परम्परालाई निरुत्साहित गर्दै बालविकासदेखि माध्यमिक तहसम्मै ‘सोच्ने, सोध्ने र सिक्ने’ शिक्षण अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने भनेको छ । 

स्वास्थ्य ः पाँच वर्षमा सबै स्वास्थ्य बिमित, घरमै स्वास्थ्य सेवा

कांग्रेसले सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी भन्ने नारासहित स्वास्थ्य क्षेत्रमा पनि लोकप्रिय अवधारणा अघि सारेको छ । कांग्रेसले हाल बढ्दो नसर्ने रोगको भार न्यून गर्न, स्वास्थ्यमा जनताको खल्तीबाट हनुे खर्च कम गर्न, संविधान र दिगो विकासका लक्ष्यअनुसार स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच कायम गर्न गुणस्तरीय स्वास्थ्य सेवालाई आफ्नो सरकारले उच्च प्राथमिकतामा राख्ने घोषणा गरेको छ ।

कृषि ः किसानको वर्गीकरण, साना किसानलाई क्रेडिट कार्ड

कांग्रेसले कृषि क्षेत्र र किसानका लागि समेत समुन्नत गाउँ निर्माण अभियानको अङ्ग बनाएर विभिन्न गतिविधि गर्ने घोषणा गरेको छ । त्यसकालागि किसानहरुको सूचीकरण र वर्गीकरण, कृषि समग्री तथा कृषि सेवामा सुनिश्चित पहुँच, स्थानीय किसानलाई भूमि बैंकमा अग्राधिकार, साना किसानलाई १० हजार बराबरको किसान क्रेडिट कार्ड, साना किसानलाई दुई प्रतिशत तथा मझौला र ठुला किसानलाइ चार प्रतिशत व्याजदरमा कृषि ऋणको व्यवस्था, कृषि बीमामा साना किसानलाइ ९० प्रतिशत र अन्यलाई ७५ प्रतिशत अनुदान तथा उन्नत बीऊ विजन एवं उन्नत नश्लका पशुपन्छीमा ५० प्रतिशत अनुदानको घोषणा गरेको छ ।

सामाजिक सुरक्षा-कोखदेखि शोकसम्म

नेपाली कांग्रेसको एकीकृत सामाजिक सुरक्षा अवधारणास्वरुप जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाको कार्यक्रम घोषणा गरेको छ । स्थानीय तहदेखि केन्द्रसम्म आफ्नो सरकार भए कांग्रेसले सामाजिक सुरक्षामैत्री कार्यक्रमलाई उच्च प्राथमिकता दिंदै लागू गर्ने घोषणा गरेको हो । जसमा गर्भावस्थामा स्वास्थ्य परीक्षणदेखि वृद्धवृद्धालाई भत्ता र स्वास्थ्योपचारसम्म समेटेको छ ।

कर प्रणाली ः दायरा बढाउने, कर रकम घटाउने

कांग्रेसले स्थानीय तहलाई समुन्नत बनाउने गरी स्रोत व्यवस्थापनकालागि आन्तरिक आम्दानी बढाउन कर संकलनका विभिन्न सिद्धान्तहरू अपनाउने उल्लेख गरेको छ । करको दायरा बढाउने, तर कर रकम घटाउने, दोहोरो कर अन्त्य गर्ने, स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधाका आधारमा कर शुल्क निर्धारण जस्ता कर सिद्धान्तहरू अपनाउने कांग्रेसको घोषणा छ ।

स्थानीय पुर्वाधार ः सबै वडामा सडक, सबै टोलमा इन्टरनेट

पुर्वाधार विकासले मात्रै विकास र समुन्नतिको संकेत नगर्ने दाबी गरेको कांग्रेसले स्थानीय पुर्वाधारलाई समेत समुन्नत गाउँ/शहर निर्माणको क्षेत्रभित्र समेटेको छ । 

हरेक स्थानीय तहमा रोजगार बैंक

कांग्रेसले हरेक स्थानीय तहमा रोजगारीको सम्भावनाको खोजी गर्न र सूचना प्रवाह गर्न रोजगार बैंक स्थापना गर्ने घोषणा गरेको छ । रोजगारीको खोजीमा रहेकाहरुको सहयोगका लागी रोजगार बैंकले सूचना उपलब्ध गराउने तथा सहजकर्ताको काम गर्ने घोषणा पत्रमा उल्लेख छ ।
कांग्रेसका सहमहामन्त्रीहरु ६ महिनासम्मपनि जिम्मेवारीनै पाएनन्
कांग्रेसको विधानमा सहमहामन्त्रीको काम, कर्तव्य र अधिकारको व्यवस्था नभएको र वर्तमान कार्यसमितिले पनि पहल नगर्दा उनीहरु भूमिकाविहीन भएका हुन् । कांग्रेस विधानमा केन्द्रीय पदाधिकारीमध्ये सभापति, महामन्त्री...
पुरा पढ्नुहोस् ..
गुराँस गाउँपालिकामा काँग्रेस कार्यकर्ता द्वारा एमाले उम्मेदवारमाथि आक्रमण
दैलेख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट दैलेखको गुराँस गाउँपालिकामा अध्यक्षका उम्मेद्वार टोपबहादुर बिसी र उनिलगायतको टोलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले निर्मम आक्रमण गरेका छन् । वडानम्बर...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters