प्रत्यक्षतर्फ १६१ सिटमा कुन दलले कती जिते हेर्नुहाेस्

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । अब चार क्षेत्रको नतिजा आउन बाँकी रहेको छ । हालसम्मको परिणाम अनुसार नेपाली कांग्रेसले ५४ स्थानमा जितेर पहिलाे स्थानमा रहन सफल भएकाे छ भने नेकपा एमालेले ४४ सिट जितेर दाेश्राे स्थानमा रहेकाे छ । माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादी पार्टी १०, […]

प्रतिनिधी सभा सदस्यकाे ४ स्थानमा नतिजा अाउन बाँकी कुन कुन ठाँउमा के के हुदैछ हेर्नुहाेस

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म १६१ निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ । अब चार क्षेत्रको नतिजा आउन बाँकी रहेको छ । सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भैरहेकाे छ । नेपाली काग्रेसका ज्ञानेन्द्र बहादुर कार्की अगाडी छन् । बाजुरा र स्याङ्जा २ मा रोकिएको निर्वाचन […]

समानुपातिकतर्फको ९९ लाख ९३ हजार मतगणना सकियो । कुन दलले कति ल्याए हेर्नुहोस ।

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना भैरहेको छ । समानुपातिकतर्फको बुधबार बिहान ७ बजेसम्मको मतगणना सार्वजनिक भैसकेको छ । जसमा नेकपा एमालेको अग्रता कायम छ । समानुपातिकतर्फ ९९ लाख ९३ हजार ५६८ मतगणना हुँदा एमाले २६ लाख ९४ हजार १२४ मतका साथ अग्रस्थनमा छ नेपाली कांग्रेस २५ लाख ४८ हजार ७७८ मत ल्याएर […]

बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित

बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् । 

बाजुरामा वैशाख ३० मा भएको चुनावमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले पुन: चुनाव गर्ने माग

नेपाली काँग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनावको मिति घोषणा गर्न फेरी माग राखेको छ । वैशाख ३० भएको चुनावमा बुढीगंगामा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले पुनः चुनाव गर्ने निणर्य भएको हो । उक्त निणर्य भएको लामो समय भइसक्दा पनि चुनावको मिति घोषणा नभएपछि काँग्रेस जिल्ला सभापति रामसिंह रावलले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग […]

मोरङ जिल्ला समन्वय समितिमा एमालेको प्यानल नै विजयी

माेरङ | जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका अजम्बर राई प्रमुख र उषा झा ठाकुर उपप्रमुखमा निर्वाचित भएका हुन् । एमालेका राईले २१ मत पाउँदा कांग्रेसबाट प्रमुखका उम्मेदवार बनेका जीतेन्द्र अग्रवालले १३ मत मात्र प्राप्त गरेका थिए । मुख्य निर्पाचन अधिकृत भरत लम्सालका अनुसार उपप्रमुखमा एमालेकी उषा झाले २१ […]

पोखराका मेयर धनराज आचार्यले ‘एक घर एक वृक्षरोपण’ रोप्न नगरवासीलाई आग्रह

पोखरा महानगरपालिकामा ‘एक घर एक वृक्षरोपण’ कार्यक्रम सञ्चालन भएको छ । महानगरका मेयर धनराज आचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोपिसक्नु पर्ने बताएक छन् । आइतवार ५० औं विश्व वातावरण दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर एक वृक्षरोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने जानकारी […]

रुपन्देहीको सैनामैना नगर कार्यपालिकामा एमालेको एकल बहुमत

रुपन्देहीको सैनामैना नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेले बहुमत पुर्याएको छ । आज ५ जना महिला र ३ जना दलित तथा अल्पसङ्ख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै पदमा एमालेका उम्मेदवारहरू विजयी भएका हुन् । नगर प्रमुख जितेको नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन अल्पमतमा परेको छ । निर्वाचनबाट एमालेका टेक बहादुर विश्वकर्मा, डोल […]

रुपन्देहीको तिलोत्तमा नगर कार्यपालिकामा नेकपा एमालेको बहुमत

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेको बहुमत पुर्याएको छ ।नगर प्रमुख र १७ मध्ये ९ वटा वडामा अध्यक्ष जितेको नेपाली कांग्रेस कार्यपालिकामा अल्पमतमा परेको हो। बुधबार ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबै सदस्य एमालेले जितेको छ । जसअनुसार महिलातर्फ देवकी थारु, राधा शाही, लक्ष्मी घिले, तारा सुनार र सावित्रा पन्थी आचार्य […]

काठमाडौंका मेयर बालेन र उपमेयर सुनिता लिए नेपाल भाषामा सपथ

काठमाडौंमहानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा (बालेन) शाहले सपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगर प्रमुखमा निर्वाचित शाहले नेपाली भाषामा सपथ लिएपछि नेपाल भाषामा समेत सपथ पढे । प्रमुख शाहसँग उपप्रमुख सुनिता डंगोलले पनि नेपाली भाषामा सपथ लिएकी छिन् । कार्यक्रममा वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि सपथ लिनलागाएको […]